आज फुली को नया जीवन को सुरुवात हुन जादै छ। साच्चै भन्न पर्दा यो नया सुरुवात हिजो बाटै भईसकेको छ। फुली एउटी डाएरी। आफ्नी अरु दिदिबहिनी , साथिसंगी हरु संग फुली एउटा पसल को एउटा सिसा भित्र को दराज मा बसेकि। दिनदिनै कति फुली जस्तै डाएरीहरु आफ्नो नया मालिक संग मक्ख पर्दै जान्थे। हरेक दिन फुली दराज बाट बाहिर हेर्थि, कसैले उसलाई पनि मन पराएर लिएर जान्छ कि भन्ने आश मा। कुवा को भ्यगुता जस्तै फुली को संसार तेहि दराज थियो। आज फुलीलाई सुबोधले लिएर जादै छ। हिजो सुबोधको चौधौ जन्मदिन। ऊ उस्को आमा संग आएको थियो। झन्डै सुबोधलाई माथि खण्डकि पेमा पो मनपरेको। उसले त पेमालाई हात मा पनि लिसकेको, तर उसकी आमा ले हुदैन त्यो अलि धेरै महँगो छ भनेपछि बल्ल सुबोधले फुली लाई छानेको त। अईले सोच्दा पनि फुलीलाई थक्क थक्क लाग्छ। ऊ झन्डै यो दुनिया बाट बाहिर निस्किन नपाएकी। सुबोधले उसलाई हेरेर मुस्कुराएर हुन्छ भनेपछि बल्ल अलि ढुक्क भएकी थि फुली। आज चै हिजो नया मालिक पाएका अरु साथिसंगी डाएरी हरु संग झिलझिले कागजमा बेरिएर फुली आफ्नो मालिक सुबोधको घर जान ठिक्क परेकी छे ।
शायद मालिकहरुले फुली जस्ता डाएरी किनेर लग्दा उनीहरुलाई पनि थाहा हुदैन डाएरीमा कस्तो खाल को जादू हुन्छ भनेर, मालिक हरुले ल केवल आफ्नो मनमा लागेको, कसैलाई सुनाउन नसकेको भावना हरु कोर्ने गर्छन डाएरीमा, आफ्नो सम्झेर सब कुरा भन्ने गर्छन, तर तिनीहरुलाई सुरुमै थाहा हुदैन डाएरीले उनीहरुको कुरा सुन्ने मात्र हैन कि आफ्नो जादुले उनीहरु दुखि हुदा खुशी पनि गर्न सक्छन भनेर। डाएरीलाई आफ्नो मनको कुरा सुनाउना थालेपछि तनाव बाट मुक्ति पाएका कति मालिकहरु फुलीको साहुलाई सुनाउन आएको कुरा आफै देखेकीछ फुलीले। कहिले कहिले त मालिकको झोलामा बसेर पुराना दिदिबहिनी , साथिसंगी पनि आउछन पसलमा, आ-आफ्नो हालखबर सुनाउछन।
कोहिकोहि मालिकहरु चाहि आफ्नो डाएरीले अरुलाई आफ्नो कुरा सुनौलान कि भनेर डराऊछन पनि। हुन पनि कति डाएरीले त जसले पढ्न खोज्यो तेस्लाई देखाई दिन्छन पनि आफ्नो मालिकले तेस्तो विश्वास गरेर कोरेको कुरा हरु। तर फुली तेस्ती छैन, उसमा झन् अरुमा भन्दा फरक गुण छ एउटा, ऊ साचोले मात्र खुल्छे र त्यो साचो उसको मालिकले अरुलाई दिने त कुरै छैन। त्येसैले फुली खुशी भएर मालिकको घर जाने प्रतिक्ष्या गर्दैछे।
कति बेर कुरेपछि फुली आइपुगी सुबोधको कोठामा, र कतिओटा फुलीजस्तै झिलझिले कागजहरुमा बेरिएका सामानहरुलाई सुबोधले आफ्नो आफ्नो ठाउँमा राख्यो पनि। आफूलाई टेबुलमा राख्ला भन्ने सोचेकिथी फुलीले तर उसलाई किताब राख्ने दराजमा पो थन्क्यायो त। सुबोधले आफूसंग राख्नुपर्ने साचो पनि अझै फुली संगै छ। ठिकै छ नि त आज थाकेको होला सुबोध, भोली त पक्कै म संग बोल्नेछ सुबोध भनेर फुली ढुक्क भै। तर सुबोध भोलि पनि बोल्न आएन, पर्सिपानी आएन, हुदा हुदा दुई महिना बिते, सुबोध अझै आएन। सुरुसुरु को दिनहरु त किन हतार गरेको मैले, मेरै मालिक त हो नि भनेर फुलीले आफूलाई सम्झाई। दुई महिना बितेर उसमाथि धूलो जम्न थालेपछि भने फुली निक्कै आत्तीई। नकोरिएकी डाएरीहरुले कति आपहेलाना सहनुपर्छ डाएरीको समाजमा थाहा छ उसलाई। डाएरीको जादुई दुनियामा यस्तो कुरा लुकाएर पनि लुक्दैनन।
फुली लाई अब आफै माथि शंका लाग्न थाल्यो। सुबोधले सुरुमा पेमालाई रोजेको थियो, आफ्नो आमाले गर्दा मात्र फुली मा सहमत भएको। पेमालाई भन्थियो कि उसले आफ्नो कुराहरु, मलाई मात्र नभनेको हो कि भन्ने पनि लाग्यो। अनि फुली लाई याद आयो , अर्को हप्ता बाट बल्ल सुबोधको बिध्यालय बिदा सकिदैछ भनेर। अँ त है, सुबोध दिनभर घरमै खेलेर बस्छ, अईले के नै छ होला र सुबोधको तेस्तो मलाई भन्नुपर्ने कुरा, कसैलाई सुनाउन नमिल्ने भावना। अलिकति आशा जाग्यो फुली को मनमा। नभन्दै सुबोधको बिध्यालय खुलेको दिन सुबोधले फुलीलाई उठायो र आफूसंगै बिध्यालय लिएर गयो। आफूले आफैलाई गाली गरी फुलीले । हो त रैछ नि , अब त टन्न कुरा भनिहल्छ नि सुबोधले मलाई।
झोलाबाटै अरु झोलामा भएका डाएरीहरु संग कुरा गरि फुलीले। ऊ नकोरिएकी भनेर कसैले गिज्याएनन उसलाई, शायद सबलाई थाहा होला ऊ अब छिटै कोरिदैछे भनेर। तर अँह बिध्यालय खुलेको महिना दिन बित्दापनि सुबोधले केहि भनेन फुलीलाई। फुली अन्य डाएरीहरु संग बोल्नै छाडी, जिस्काउलन भन्ने डरले। मालिक पाएको चार महिनामा पनि फुलीलाई आफ्नो मालिकको कुनै भावना, कुनै गुनासो, कुनै अरुलाई थाहा नभएको कुरा थाहा भएन। मनमनै धिक्कारी फुलीले आफुलाई। कैले त रिष पनि उठ्यो सुबोध देखि, उस्लाई डाएरीमा कोर्नु नै थिएन भने किन लग्यो त फुलीलाई, डाएरीको मतलब त थाहा छ उसलाई, त्यो पसलमै बसेकी भए अरु कुनै नया मालिकले लग्थ्यो फुलीलाई, ऊ पछि उसका कति बहिनीहरुले नया मालिक पाइसकेका थिए, आ-आफ्नो मालिकको कुरा सुनेर उनिहरुलाई खुशी बनाई सकेका थिए।
एक दिन सुबोधकी आमाले फुलीलाई खोल्नु भयो। फुलीलाई खाली देखेर सुबोधलाई सोध्नुभयो। बल्ल पो रहस्य पत्ता लाग्यो फुलीलाई। सुबोधलाई त डाएरी कोर्नको लागि चहिएको होइन रैछ, उसको सबै साथीहरु संग डाएरी भएकोले पो चहिएको रैछ। आमा हास्नुभयो, यो डाएरीमा सुबोध भनेर नाम नलेखेको भए अर्को महिना सुशिलको ब्रतबन्धमा उपहार दिन त हुन्थियो भन्दै फुलीलाई दाराजको माथिको खण्डमा राखी दिनुभयो। फुली अहिले भएको ठाउमा त सुबोधको हात पनि पुग्दैन। फुलीमा धुलो जम्दैन आजकल, सुबोधलाई पछि कुनै दिन उसमा कोर्न मन लाग्ला कि भनेर फुली अझै झिनो आशा लिएर बाची रहेकिछ।